उपप्रधानमन्त्री पोखरेल भन्छन्-विदेशी औषधिलाई बिस्थापित गर्छौँ

  २०७५ माघ १६ गते १४:११     विकासन्युज


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विदेशबाट आउने औषधिलाई बिस्थापित गर्ने पक्षमा सरकारको रहेको बताएका छन् । उनले भने-नेपाललाई चाहिने औषधि मध्ये हाल ४५ प्रतिशत स्वदेशमा नै उत्पादन हुन्छ, अब विदेशबाट आउने ५५ प्रतिशत औषधिलाई बिस्थापित गर्ने पक्षमा छौं ।

काठमाडौँ टोखामा रहेको देउराली–जनता फर्मास्यूटिकल्स प्रालिको २८ औं वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् । सो कार्यक्रममा उनले भने–यस औषधि उद्योगले देश विकासमा ठूलो योगदान गरेको छ । सो उद्योगले पैसा कमाउने मात्रै हैन रिसर्चको काम पनि गरिरहेको भन्दै मन्त्री पोखरेलले प्रशंसा गरे ।

सो अवसरमा मन्त्री पोखरेलले ५३ वटा ठूला उद्योग र १५ वटा त औषधि उद्योग नै थपिने क्रममा रहेको बताए । औषधि उद्योगको विकासका लागि सरकार सहयोग गर्न तयार छ–उनले भने । बार्षिकोत्सव कार्यक्रममा औष्धि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने निजी क्षेत्रले औषधि उत्पादनका लागी ल्याब बनाउन लागेको बताए । टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले स्थानीय क्षेत्रमा उद्योगमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष तथा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्मा उद्योगबाट उत्पादित औषधि अन्तर्राष्ट्रिय स्तरको भएको बताए । सो उद्योगमा ५०७ जनालाई रोजगारी दिएको समेत उनले बताए । उद्योगी शर्माले नेपाल भारतबीच खुला बोर्डर रहेसम्म देश आत्मनिर्भर नहुने बताए । नेपाली उद्योगले औषधि बनाउन नपाउने, तर बिदेशी औषधि नेपालमा ल्याएर बिक्री गर्न पाउने यो कस्तो देश हो मन्त्रीज्यू भन्दै प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.