मानवबेचबिखन तथा हिंसा प्रभावितलाई आत्मरक्षा तालिम

  २०७५ माघ १६ गते ११:३८     विकासन्युज


काठमाडौँ । चाइल्ड रेक्यू नेपालको सहयोगमा शक्ति समूहले मानववेचविखन तथा हिंसा प्रभावितहरुलाई चार दिने आत्मरक्षाको तालिम माघ १५ गतेदेखि शुरु गरेको छ । शक्ति समूहकी संस्थापक सदस्य तथा कार्यकारी निर्देशक सुनिता दनुवारको अध्यक्षतामा भएको उद्घाटन समारोह टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल आत्मरक्षा संघका अध्यक्ष डि.बि. रानापाल, जिल्ला खेलकुद विकास कार्यालयको अधिकृत धनअर्जुन राई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत र यसको उद्देश्यमाथि शक्ति समूहको संस्थापक सदस्य तथा संरक्षण संयोजक चरिमाया तामाङले प्रकाश पारेकी थिइन् ।

तालिममा सहभागीहरुलाई सन्जु महर्जन, राधिका ऐर हमाल र प्रभा महर्जनले सहजीकरण गरिरहेका छन् । शक्ति समूहले विगत दुई दशक भन्दा लामो समयदेखि मानबबेचविखनको विरुद्दमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.