दराजले ल्यायो नेपालमा पहिलोे पटक “ब्राण्ड डे”, जुनसुकै एक ब्राण्डमा विशेष छुट पाइने

  २०७५ माघ १५ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपालको एक प्रमुख अनलाइन सपिङ्ग गन्तव्य, दराजले पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ । जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम् विशेष छुट दिने छ । यो उत्सवले अनलाइन सपिङ्गको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने छ ।

यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना गरिनेछ र पहिलो पटक यो किनमेल दिवस फेब्रुअरी १, २०१९ बाट शुरु हुनेछ । २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तैः क्लोभिया, क्यालिबर, मन्त्र, गोल्डस्टार, अमेरिकन टुरिस्टर, टाइटन, बाल्त्रा, शायोमि, मेबेल्लाइन, कन्भर्स, रँगोली, सोनी, लॉरियल पेरिस र अरु पनि धेरै ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुनेछ ।

एक प्रमुख अनलाइन सपिङ्ग केन्द्र दराजले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव प्रारम्भ गर्दैछ जसमा एक ब्राण्डले एक दिनमा विशेष महत्व पाउनेछ । उपभोक्ताहरुले पनि सो दिनमा अद्भुत किनमेलको अनुभव संगाल्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, सो दिन आकर्षक डिलहरु, मनोरन्जनात्मक खेलहरु र संग्रहणीय भाउचरहरुद्वारा ग्राहकहरुलाई उत्साहित तथा संलग्न गराइने दराजका सह प्रबन्ध निर्देशक लीनो एह्लेरिङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.