‘रेनो डस्टर आरएक्सएस’ गाडी नेपाली बजारमा, यस्ता छन् आकर्षक विशेषता

  २०७५ माघ १५ गते १८:२७     विकासन्युज

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रा. लि. (बिशाल ग्रुपको सहायक कम्पनी) ले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रम गरि रेनो डस्टर आरएक्सएसको बिक्री वितरण शुरु गरेको हो ।

रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ । यसको साथै, आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका छन् ।

यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ । डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ ।

यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् ।

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वासिलो पहुँच योग्य प्रिमियम एसयूभी हो । यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएको कम्पनीले जनाएको छ । डस्टर एक्सआरएसले दम्दमर प्रदर्शन, ड्राइभ क्षमता र दक्षता प्रदर्शन गर्छ ।

फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.