श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिमा आइएलओले सघाउने

  २०७५ माघ १५ गते १७:५४     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता
भयो ।

सो अवसरमा महासंघ र आइएलओ नेपाल कार्यालय बीच श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि सम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने संझौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

संझौता अनुसार महासंघ रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रम अन्र्तगत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नया“ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रित रहनेछन् ।

सो अवसरमा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो ।

बैठकमा महासंघका अध्यक्ष राणाले आइएलओको सहयोगप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा महासंघका अध्यक्ष राणाले देशीय निर्देशक रिचार्डको स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकास मार्फत रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवम् श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएकोले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने आशा निजी क्षेत्रले गरेको बताए ।

महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष ढकालले आइएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुहु“दै महासंघ आइएलओस“ग निरन्तर सहकार्य गर्न तयार रहेको र आइएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरुको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजवुद बनाउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

सो अवसरमा देशिय निर्देशक हवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिवद्धता जनाए । नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आइएलओ निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाए ।

सो अवसरमा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, उपमहानिर्देशक हंसराम पाण्डे र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.