भृकुटी मण्डपमा शुरु भयो सुबिसु क्यान इन्फोटेक, अवलोकनकर्तालाई विदेश भ्रमणको अवसर !

  २०७५ माघ १५ गते १५:०८     विकासन्युज

काठमाडौँ । कम्प्युटर एसोशियसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा मंगलबारबाट सुबिसु क्यान इन्फोटेक २०१९ शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी कक्षमा शुरु भएको क्यान इन्फोटेक माघ २० गतेसम्म सञ्चालन हुनेछ । क्यान इन्फोटेक मेलाको उद्घाटन गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले भने–‘अहिलेको युग प्रविधिसँग जोडिएको युग हो, त्यसैले करोडपतिदेखि वृद्ध भत्ताले औषधी किन्नेहरुलाई सम्म प्रविधिको पहुँच पुर्याउन आवश्क छ ।’

मन्त्री बास्कोटाले गाडी चल्न राजमार्ग आवश्यक भए जस्तै प्रविधिको ज्ञान हासिल गर्न कम्प्युटर शिक्षा आधारभूत रहने कुरामा जोड दिए । साथै, सरकारको उद्देश्यपनि डिजिटल नेपाल निर्माण गर्ने रहेकाले यस्ता सुविधा शहर केन्द्रीत मात्र नभई सबै प्रदेशसम्म लानु आवश्यक रहेको बताए ।

क्यान इन्फोटक उद्घाटन कार्यक्रम क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाको अध्यक्षतामा भएकाmे हो । सो अवसरमा अध्यक्ष चौरसियाले भने–प्रविधिबिना जीवन असफल हुन्छ । सुविसु नेट प्रालिका अध्यक्ष सुधिर पराजुली लगायतले नेपाललाई (आईटी) सूचना तथा प्रविधिको क्षेत्रमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए । ‘टुगेदर वी क्यान’ भन्ने मूल नारामा यसपटकको क्यान ईन्फोटेक मेला आयोजना गरिएको छ ।

मेलाको मुख्य प्रायोजन सुविसुले रहेको छ । मंगलबारबाट शुरु भएको उक्त मेलामा सूचना प्रबिधिसँग सम्बन्धित १७५ वटा स्टलहरु रहेका छन् । विगतका वर्षमा करीब ४ लाखसम्म अवलोकनकर्ता आएकोमा यसवर्ष अझै बढ्ने अनुमान आयोजनको छ ।

के छन् मेलाका आकर्षणहरु ?

यो पटक मेलामा ५ दिनसम्म रोवर्ट ब्याटल प्रतिस्पर्धा सञ्चालन हुनेछ । सो प्रतियोगितमा प्रथम र द्वितीय हुने प्रतिस्पर्धीले नगद पुरस्कार पाउने छन् । यस्तै, हरेक ३ घण्टामा गरिने लक्की ड्र मार्फत विजेतालाई फिल्मको टिकट प्रदान गरिने छ । यसैगरी मेला अवलोकन गर्नका लागि काटिने टिकटबाट विजेता घोषित हुने अवलोकनकर्ताले विदेश तथा स्वदेश भ्रमण गर्न पाउने छन् । विदेशका रुपमा ईन्डोनेसियाको बालि र थाइल्याण्डको बैंकक जान पाउनेछन् ।

मुखले बोलेर च्यानल परिवर्तन हुने एलेग्जा नामक स्मार्ट बक्स समेत यही मेलामा देख्न सकिने छ । साथै, मेलामा नयाँ प्रविधिका सफ्टवयेरको प्रदर्शनी तथा खरिद बिक्री समेत उपलब्ध हुने आयोजकको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.