ड्रोन क्यामरा चाहियो ? क्यान इन्फोटेकमा जानुस्, आकर्षक छुटमा पाइन्छ

  २०७५ माघ १५ गते ११:४२     विकासन्युज


काठमाडौँ । माघ १५ गतेबाट शुरु भएको क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्को पनि स्टल रहेको छ ।

क्यान इन्फोटेको स्टल मार्फत ड्रोन क्यामरा, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । विश्वमै प्रख्यात छन् । डीजेआईका उत्पादनहरु विश्व प्रख्यात छन् । यसमा विशेष प्रकारको इन्जीनियरिङ टेक्निक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिने म्याटोग्राफी भएको डीजेआई, कमउचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी आइएमएस ग्रुपले जनाएको छ ।

ओस्मो पकेल र स्मार्ट कन्ट्रोलर पनि आकर्षक छुटका साथ क्यान इन्फोटकमा आजैदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ । आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन क्यामरालाई नेपाली बजारमा भित्र्याउन पाएकोमा आफू एकदमै खुशी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.