कामना सेवा विकास बैंकद्वारा कुष्ठ रोगका बिरामीलाई ह्विल चियर प्रदान

  २०७५ माघ १५ गते १०:३३     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक समाराेहमा अस्पतालका संचालक दिपक महर्जन, सुपेरिटेन्डेन्ट डा ब्रुस हयेज, प्रशासकअधिकृत युवराज आचार्य साथै बैंकका संचालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुबराज बास्तोलाले संयुक्त रूपमा ह्विल चियर हस्तान्तरण गरेका छन् । हाल अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने बैंकको नीति रहेको संचालक देवकृष्ण काफ्लेले बताए ।

बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.