‘ओट्टो रुब्ली आर फाइभ’ नेपाली बजारमा, गोल्ड प्लस ब्ल्याक कलरमा पाइने

  २०७५ माघ १४ गते १८:३०     विकासन्युज

काठमाडौं । ओट्टो फोनस्ले आफ्नो ओट्टो सीरीजमा “ओट्टो रुब्ली आर फाइभ” नामक नयाँ मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । कम्पनीले ओट्टो फ्रयाङ्क सीरीजपछि ओट्टो फोनस्ले फेरि रुब्ली सीरीज बजारमा ल्याएको हो ।

२५ जनवरी २०१९ बाट नेपाली बजारमा सार्वजनिक भएको उक्त फोन गोल्ड प्लस ब्ल्याक कलरमा पाइने कम्पनीले जनाएको छ ।

ओट्टो फोनस्ले रुब्लर फाइभको शुरुवातसँगै नेपाली बजारमा केही नयाँ र अद्वितीय स्मार्टफोनस्को पेश गरेको छ । एन्ड्रोइड ८.१ गो ईडीसन सिरिज १८ः९ फुल भीयु डिस्प्ले सहित २.५ डि कर्भड डिस्प्ले गुणस्तरीय बजेटमा उपलब्ध गरेको कम्पनीले जनाएको छ ।

ओट्टो रुब्ली आर फाइभमा डाइनामिक ५ इन्च डिस्प्ले सहित २.५ डी कभर्ड ग्लास १८ः९ फुल भीउ स्क्रिन रहेको छ । उत्कृष्ट डिजाइन र आरामदायक बनावटले प्रिमियम महसुस दिने छ र ५ मेगा पिक्सेल रियर क्यामेराको साथ फ्ल्यास र २ मेगापिक्सेल अगाडीको क्यामेराले फुल भीयु डिस्प्ले दिने छ ।

कम्पनीका अनुसारर ओट्टो रुब्ली आर फाइभ एन्ड्रोइड ओरिओ ८.१ गो इडीसन) सञ्चालन गर्दछ । त्यस्तै, ८ जीबी स्टोरेज सुबिधा र ६४ जीबीसम्मको क्षमता बढाउनका लागि समर्पित कार्ड लिष्ट पनि छ ।

यो स्मार्ट फोनमा क्वाड कोर प्रोसेसरद्धारा संचालित । २००० एमएएच ब्याट्री ब्याक अप पावर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.