मेरो फाइनान्सले हकप्रद शेयर जारी गर्ने

  २०७५ माघ १४ गते ११:४८     विकासन्युज

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हाल कायम जारी तथा चुक्ता पूँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको छैठौँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.