डिशहोमले दिने भयो सबैभन्दा सस्तोमा विभिन्न सेवा, प्रतिमहिना २५० देखि ४०० रुपैयाँ मात्र

  २०७५ माघ १३ गते १८:२०     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ ।

डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबाआमा, गृहिणी र बच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५० रुपैयाँ, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एच डि प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको छ ।

२०७५ माघ १० गतेबाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुने छ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्ज गरिमाथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिसहोमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध छ ।

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा बढी परिवारहरुले प्रयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.