सुजुकी हायातको प्रत्येक मोटरसाइकल खरिदमा टिभी उपहार, ५ वर्षको वारेन्टी

  २०७५ माघ ११ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोबाइलस प्रा. लि ले प्रत्येक सुजिकी हायात मोटरसाइकलको खरिदमा टिभी उपहार दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै उक्त योजना बजारमा ल्याएको हो ।

सुजुकी हायात बाईक माइलेज धेरै दिने र कम लागतमा चढ्न सकिने बाइक हो । बाइकसँगै परिवारका सदस्यहरु पनि खुसी मनाउन सकुन् भनेर कम्पनीले सुजुकी हायात किन्दा आफ्ना ग्राहकका लागि एउटा टिभी उपहार दिने भएको छ ।
यस योजना माघ १ गतेदेखि माघ ३० गतेसम्म नेपाल अधिराज्यभरिका सुजुकी बाइक तथा स्कुटर शोरुमबाट सजिलै पाउन सक्नेछन् ।

साथै, यस योजनाले ग्राहकको मन जित्ने साथै सुजुकी जापानिज कम्पनी भएकोले ५ वर्षको वारेन्टी दिएको कुरा सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.