अण्डर थर्टी स्ट्रगलः पढाई र कमाई सँगसँगै

  २०७५ माघ ११ गते १२:४४     नबिन पोखरेल

काठमाडौ । समान्यतया नेपालमा ३० बर्षसम्मको उमेर पढाईका लागि नै छुट्याउने गरिन्छ । अण्डर थर्टीका युवाहरु सुन्दर भविश्य निर्माणका लागि पढाईमा जुट्ने गर्छन् । बाबु-आमाकै खर्चमा मास्टर्ससम्मको अध्ययन गर्ने युवाहरु धेरै छन् । तर, बुटवल वेलवासमा एक युवा समूहले अण्डर थर्टीमा नै आफ्नो पढाई र कमाई सँगसँगै अघि बढाईरहेका छन् ।

वेलवासका ती १३ जना युवाले रोयल छोप नामक सुख्खा अचार बेचेर नै उद्यमी बन्ने बाटो समातेका छन् । तिनै मध्यका एक हुन् प्रकाश ज्ञवाली । उनै अण्डर थर्टी युवा ज्ञवालीको पढाई र कमाई सँगसँगैको यात्राका बारेमा केही जान्ने प्रयास गरेका छौँ ।

यसरी शुरु भयो प्रकाश ज्ञवालीको यात्रा
प्रकाश बाग्लुङ्गबाट पढ्न भनेर बुटवल आएका थिए । उनले पहिला सिस्नो कुटेर त्यसको धुलो बेच्ने गरे । त्यसबाट नाफा आर्जन गर्न नसकेपछिसमूहगत रुपमा अचार बेच्न थाले । यसबाट भने राम्रै सफलता मिलेको उनले बताए । अचारको व्यापरसँगै पढाईलाई पनि निरन्तरता दिए, अहिले बिबिएको अध्ययन गरिरहेका छन् ।

२०५२ सालमा जन्मिएका प्रकाशले अहिलेसम्म ५ बर्षको व्यापारिक अनुभव हासिल गरिसकेका छन् । उनले अचार उत्पादन गरी बेच्न थालेकोपनि ३ बर्ष पूरा भयो । एउटा कोठा भाडामा लिएर व्यवसाय थालेपनि हाल सिङ्गै घर लिएका छन् । बजारमा पाईने अन्य अचार स्वादिलो हुने भएपनि स्वस्थ्यकालागि खासै हितकारी नहुने प्रकाशको संलग्न युवा समूहको बुझाई छ । स्वास्थ्यलाई समेत हानी नहोस् भनेर उनीहरुले बजारमा सुख्खा अचार बनाएर बेच्ने काम शुरु गरेको बताए ।

अण्डर थर्टी उमेरका युवाले कस्तो अचार बनाउँछन् ?
रोयल टिमुरको छोप नामक अचार हाल बजारमा पाइने अर्गानिक अचार मध्ये एक हो । सो अचारमा हर्रो, बर्रो, अमला, तिल , टिमुर, पुदिना, ज्वानो, मटौरी, नुन, खुर्सानी, ल्वाङ्, सुकमेल, तुलसी, जिम्बु आदिको समिश्रण रहेको छ । यो अचारलाई युवाहरुले आफ्नो कमाई खाने भाँडो मात्र नभई स्वास्थ्यको हितकालागि समेत कार्य गरेको बताए ।

प्रकाश भन्छन्–व्यवसायले पढाईमा असर पारेको छैन, बरु सहयोग गरेको छ । आफ्नै कमाई पढाईमा खर्च गर्न पाइएकोमा उनले खुशी व्यक्त गरे । यसरी नै उनकै समूहका अन्य साथीले पनि पढाई र व्यवसाय दुवै सम्हाल्दै आएका छन् ।  नेपालको विभिन्न स्थानमा हुने मेला तथा महोत्सवमा रोयल छोपले स्टल राख्ने गरेको छ । बुटवलमा साधना नेपाल इन्डस्ट्रिजबाट अचारको उत्पादन हुँदै आएको छ । काठमाडौको कोटेश्वरमा रहेको एक गोदाम मार्फत विभिन्न पसल तथा बिग मार्टमा अचारको माग पूर्ति गरिंदै आएको छ ।

कहाँबाट ल्याइन्छ सरसामाग्री ?
अचार निमार्णको लागि तील, तुल्सी, ल्वाङ, जिम्मु, ज्वानो जस्ता आवश्यक सामाग्री नेपालको हुम्ला, जुम्ला, मुगु, अघाखाँची, मुस्ताङ लगायतका ठाउँबाट ल्याउने गरेका छन् ।

पढाईबाट बचेको समयमा विद्यार्थी जीवनमा प्रायः फेसबुक चलाउने, सुत्ने, फिल्म हेर्ने जस्ता काम गरिन्छ । तर, यी युवाहरुले क्षणिक मनोरञ्जन त्यागेर आफ्नो सुन्दर भविष्यको बाटो तय गर्दै छन् । स्वदेशमा काम छैन भने धेरै युवा विदेशिएका छन्, तर प्रकाश र उनको समूहमा रहेका युवाले जस्तै स्वरोजगारको बाटो अपनाए जागिर पाइएन भनेर भौतारिने अवस्था रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.