खाली पेटमा औषधी खानु भनेको के हो ? औषधी कुन खानासँग नखाने ?

  २०७५ माघ ११ गते १७:००     विकासन्युज

काठमाडौं। के तपाईंलाई थाहा छ खाली पेटमा औषधी खानु भनेको के हो ? तपाईं पक्कैपनि सोच्नुहुन्छ होला कि खाली पेटमा औषधी खानु भनेको केही पनि नखाइ बिहान भोको पेटमा औषधी खानु हो । यो साँचो हो तर यो आधा साँचो हो। हामी धेरैले यस कुरालाई अहिलेसम्म आधा मात्र बुझीरहेका छौं।

खाली पेटमा औषधी खानु भनेको :

१. औषधी खाएपछि करिब दुई घण्टा केही पनि नखाने ।
२. पहिला खाना खाइसकेको भए दुई घण्टा कुरेर मात्र औषधी खाने ।

कुनै औषधी खाली पेटमा खानु भनिन्छ किन भने खाना र केहि पेयहरूले औषधिको काम गर्ने तरिकालाई असर गर्न सक्छ। उदाहरणका लागि, केहि औषधीहरु खाना खाए लगत्तै खाँदा अथवा पछि खाँदा उक्त औषधी र खाना मिसिन गई औषधीको प्रभावलाई कम गराउन सक्छ।

कुनै खानेकुरा वा पेय पदार्थहरूले औषधिको प्रभावलाई कम गराउँदछ। जस्तै:

– अंगुरको जुस
– क्रेनबेरीको रस
– भिटामिन ई बढी पाईने खाने कुरा जस्तै हरियो सब्जिहरु
– नुनिलो खानेकुरा वा उच्च मात्रामा पोटासियम पाईने खानेकुरा जस्तै केरा ।

त्यसैले, जहिले पनि डाक्टरले दिएको सुझावलाई राम्रोसँग पालना गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.