सेजबाट सुबिधा लिन समस्या भोः निजी क्षेत्र

  २०७५ माघ १० गते १४:१५     विकासन्युज


काठमाडौँ । काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा ल्याउन ५० पटक भन्दा बढी वन मन्त्रालय धाउनु परेको छ । सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट ५० पटक भन्दा मन्त्रालय धाएको बताए । उनले भने- ‘ वन तथा वातावरण मन्त्रालयबाट सेज सञ्चालनका लागि ५० पटकभन्दा धेरै धाएँ । सेज सञ्चालनका लागि भएको समस्याहरु सामाधान हुँदै गएको पनि निर्दैशक भट्ट बताए ।

‘सेजमा उद्योग सञ्चालन गर्दा जुन प्रकारको सुविधा पाइन्छ भनेर आकर्षित गरिएको थियो, व्यवहारमा भने कठिन रहेछ,’ शक्ति मिनरल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश महर्जनले भने, ‘सेज ऐनमा भएका व्यवस्था तथा सुविधा लिन कठिन भइरहेको छ ।’

सेजमा स्थापना हुने निर्यातजन्य उद्योगका लागि ल्याइने सम्पूर्ण मेसिनरी तथा उपकरणलाई सेज ऐन तथा कार्यविधिमा छुट दिने उल्लेख छ । तर, सास्ती खेप्नुपरेको उनले बताए ।

सेजमा उद्योग सञ्चालन गर्नेलाई ‘एकद्वार प्रणाली सेवा’ अन्तर्गत उद्योगीले एकै ठाउँबाट सबै सेवा पाउने र यसका लागि सेज व्यवस्थापनले सहजीकरण गर्ने भनिएपनि व्यवहारमा त्यसअनुरूपको हुन नसकेको उद्योगीहरुको भनाइ छ  ।

सेजमा विद्युत् उपलब्ध हुन नसकेकाले उद्योग स्थापना गर्न नसकिएको र आवश्यक विद्युत् कहिले उपलब्ध हुन्छ भन्ने बारेमा सेजले विश्वास दिलाउन नसकेको उद्योग सञ्चालनका लागि अनुमति लिएका व्यवसायीको गुनासो छ ।

विद्युत प्रधिकरणका सहायक निर्देशक हरराज न्यौपानेले भने विद्युत प्रधिकरणमा सेजले विद्युतको माग गरेको पत्र नै नआएको बताए । विद्युत प्राधिकरणले सेजका लागि पत्र आएको ३ दिन भित्र मिटर दिने जानकारी दिए ।

भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि १८ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गरिसकेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.