एनआईशी एशियाले सबैभन्दा ठूलो बैंक हौं भन्दा वाणिज्य बैंकको चित्त दुख्दैन ? : डेपुटी गभर्नर

  २०७५ माघ १० गते १३:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरले राष्ट्रिय वाणिज्य बैंकलाई आफ्नो इतिहासलाई विचार गर्दै शाखा सञ्जाल र सेवा विस्तार गर्न सुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर शिवाकोटीले नयाँ र निजी क्षेत्रका बैंकहरुले शाखा विस्तार र निक्षेप र कर्जा विस्तारमा राष्ट्रिय वाणिज्य बैंकलाई उछिन्दा समेत बैंक त्यसतर्फ किन सचेत नभएको भनी प्रश्न गरे ।

‘कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई उछिनेर निजी क्षेत्रको एनआईशी एशिया बैंकले हामी शाखा सञ्जालमा सबैभन्दा ठूलो बैंक हौं भनिरहेको छ, तपाईहरु ५४ बर्ष भइसक्नुभयो, यति पुरानो र सरकारी स्वामित्वको बैंकले शाखा विस्तारमा कमजोर बन्यो, उनीहरुले हामी सबैभन्दा ठूलो बैंक भन्दा तपाईँको चित्त दुख्दैन ?’ डेपुटी गभर्नर शिवाकोटीले भने ।

वाणिज्य बैंकले सरकारले तोकेको सहुलियत कर्जा वितरणमा देखाएको तत्परताप्रति प्रशंसा गर्दै उनले त्यस्तो कर्जा वितरण गरेका बैंक तथा वित्तीय संस्थाका शाखाका कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिने गरेको, घुस माग्ने गरेकोमा सचेत गराउँदै उनले भने –‘खबरदार राष्ट्र बैंकले कारबाही गर्छ ।’

नेपाल राष्ट्र बैंकले सेवाग्राहीलाई हरेक ६/६ महिनामा केवाईसी अपडेट गरेर पठाउन भनेको भए पनि त्यस्तो अपडेट ठाउँ, ठेगाना र सम्पर्क नम्बर परिवर्तन भएको हकमा मात्रै लागु हुने भन्दै बैंकहरुले परिवर्तन नैै नहुने नागरिकता, स्थायी ठेगाना लगायतका विवरण समेत माग्ने गरेको गुनासो आएको बताए ।

उनले नेपाललिक्सले गरेको अवैध सम्पत्ति विदेशमा राखेको प्रसंग निकाल्दै कुनै पत्रिकाले समाचार लेखेकै आधारमा कसैमाथि कारबाही गर्न नसक्ने भन्दै त्यसको छानविन हुने र आवश्यक कारबाही हुने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.