शुरु भयो कोका-कोला मोःमोःउत्सव, ‘कोक र मःमः पर्फेक्ट जोडी’

  २०७५ माघ १० गते १३:१२     विकासन्युज


काठमाडौं । कोका–कोला मोःमोःउत्सवको चौँथो संस्करण ‘कोका–कोला मोःमोःउत्सव २०१९’ उपभोक्ता सामु ल्याइएको छ । मःमका विभिन्न परिकार र प्रिय पिय पदार्थ कोका–कोला एकैसाथ आएको हो ।

यस वर्ष मोःमोःउत्सवको नारा ‘कोक र मःमः पर्फेक्ट जोडी’ रहेको छ । यस वर्ष पनि उपभोक्ताले विभिन्न प्रकारको तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्नेछन् ।

कोकप्रेमी उपभोक्तालाई मःम र कोक एक उत्कृष्ट संयोजन भएको जानकारी दिनु अभियानको उद्देश्य रहेको छ । कोका–कोलासँग मःमको स्वाद उत्कृष्ट रहँदै आएको छ । त्यसैले गर्दा पनि कोक र मःमः पर्फेक्ट जोडी भएको कम्पनीले जनाएको छ ।

मोःमोःउत्सवमा थुप्रै रमाइलो सरप्राइजहरु रहेका छन् । सरप्राइज प्याकेज के–के आउँदै छन् भनि थाहा पाहुनको लागि कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज र इनस्टाग्राम CocaColaNepal फलो गर्नु पर्ने कम्पनीले जनाएको छ ।

मोःमोःउत्सव शुभारम्भको अवरसरमा कोका–कोलाका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने, ‘कोका–कोला मोःमोःउत्सवले चौँथो वर्षमा प्रवेश गरिरहँदा नेपालमा कोक र मःमको माग दिनप्रति दिन बढिरहेको छ भन्ने थाहा हुन्छ । हामी गर्व गर्छौँ कि हामीले नेपालीकै प्रिय खाना मःमः र सर्वाधिक रुचाइएको ड्रिक्स् कोकसँग जोडिएर देशैभरी नै मोःमोउत्सव मनाई रहेका छौं ।’

त्यसैगरी बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोका–कोलासँग आफ्नो प्रिय खाना मःम खान मोःमोःउत्सवभन्दा अरु कुनै उत्तम अवसर हुन सक्दैन । उपभोक्ताले कोकको स्वादसँगै आफुलाई मन परेको विभिन्न मःमःको परिकार परिवार र साथीभाईसँग बसेर खाँदै यसको मज्जा लिएको देख्दा हामी निकै उत्साहित भएको छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.