काभ्रेपलाञ्चोकमा पशुवीमाप्रति कृषकको बढ्दो आकर्षण, ९० हजारकाे गरियाे वीमा 

  २०७५ माघ १० गते ११:११     विकासन्युज

काठमाडौं । काभ्रेपलाञ्चोकमा पछिल्लो समय पशुवीमाप्रति कृषकको आर्कषण बढ्दै गएको छ । गाँउ गाँउमा पशुवीमा कार्यक्रमको विस्तारसँगै घरमा भएक पशुहरुको विमा गराउनेहरुको चाप बढेको छ । गाँउका अधिकाशं कृषकहरु  पशुवीमा कार्यक्रम आएसँगै पशुपालनप्रति लाभावित भएका छन् ।

गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको स्थानीयवासी हरिप्रसाद पराजुलीको भनाई रहेको छ ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार वीमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताएका छन् ।
सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्ने जनाउँदै पशुवीमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाको भनाई रहेको छ ।

पशुवीमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिए । चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ ।

पशुवीमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.