काठमाडौंमा रेलैरेल: सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोकसम्म मेट्रो

  २०७५ माघ १० गते ८:१४     विकासन्युज

काठमाडौं । सातदोबाटो-रत्नपार्क-नारायण गोपाल चोक रुटमा मेट्रो रेलको अध्ययन अघि बढेको छ । रेल विभागले सो रुटमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको प्रक्रिया अघि बढाएको हो । विभागले सार्वजनिक सूचना प्रकाशित गरेर डीपीआर निर्माण गर्न इच्छुक कम्पनीहरुलाई दरखास्त आव्हान गरेको हो ।

नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ कम्पनी अन्तिम प्रतिष्पर्धामा

मोनोरेल निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई, ३ वर्षमा कार्य सम्पन्न हुने

रेल विभागले सो खण्डमा निर्माण हुने विद्युतिय मेट्रो रेलको डिपिआर निर्माणका लागि इच्छुक कम्पनीहरुले २०७५ साल चैत १२ गतेभित्र आवेदन दिन सक्ने बताएको छ ।

काठमाडौंमा रेलै रेल
काठमाडौं उपत्यकामा रेलै रेलका अध्ययन भैरहेका छन् । नागढुंगा कलंकी कोटेश्वर धुलिखेलमा मेट्रो रेलको डिपिआर बनाउने कम्पनी छनौट गर्ने अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिकाले २८ किलोमिटर चक्रपथमा मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता भैसकेको छ ।

अब लगानी बोर्डले सातदोबाटोबाट रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मको मेट्रो रेलको डिपिआर निर्माण अघि बढाएको छ ।

लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ वटा कम्पनी अन्तिम प्रतिष्पर्धामा जुटेका छन् । लगानी बोर्डले आव्हान गरेको ग्लोबल टेण्डरबाट प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीमध्ये ४ वटाले मात्रै आर्थिक प्रस्ताव पेश गरेका हुन् । अब आगामी एक महिनाभित्र यीनै ४ वटा कम्पनीमध्येबाट एउटा कम्पनीलाई डीपीआर निर्माणको जिम्मेवारी दिईनेछ ।

अनुमानित ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि प्रतिकिलोमिटर ४ अर्बका दरले १८० अर्ब लाग्ने अनुमान गरिएको छ । चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्कीले अन्तिम प्रतिष्पर्धामा सहभागीता जनाएका हुन् ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ कम्पनी सिआरसीसीलाई जिम्मा दिइसकेका छन् । चिनियाँ कम्पनीले नै प्रारम्भिक अध्ययन गरि चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने पुर्वानुमान गरिएको छ । आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्नेछ । त्यसको ३ वर्षसम्म मोनोरेलको काम सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.