प्रोस्टाइल म्यानहन्टका प्रतियोगीहरू बनेपाको डाबर नेपाल नर्सरी भ्रमणमा

  २०७५ माघ ९ गते १७:४२     विकासन्युज

काठमाडौं । प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९को १५प्रतियोगीहरु डाबर नेपालको बनेपास्थित नर्सरी भ्रमण गरेका छन् । यो भ्रमणमा प्रतियोगीहरूले ग्रिनहाउस भित्रको कामका साथै डाबर नेपालले गर्दै आएको सामाजिक कार्यका बारेमा पनि जानकारी लिएका थिए ।

डाबर नेपाल समाज, वातावरण, खेलकुद, शिक्षा, संस्कृति, संरचना, स्वास्थ्य, सफाइ, र संरक्षणका विषयमा सजग छ । नेपालमा बलियो पहिचान स्थापित गर्न सफल डाबर प्राकृतिक, हर्बल र शुद्धताको परिपूरकको रुपमा रहेको छ । विगत २५ वर्षदेखि डाबरको प्रगति देखिएको छ ।

यसको ग्रान्ड फिनाले माघ १८ मा हुन गइरहेको छ र यसको प्रत्यक्ष प्रसारण कान्तिपुर एच.डी. टेलिभिजनमा हेर्न सकिने जानकारी दिएका छन् । डाबर नेपालको नर्सरीका प्रमुख डा. पङ्कज राठुरीले डाबर नेपालले इको प्रणालीलाई संरक्षण र कायम गर्नका लागि विलुप्त हुन लागेका र दुर्लभ वनस्पतिहरूको खेती कसरी हुन्छ भन्ने जानकारी प्रदान गरेका छन् ।

दुर्लभ तथा विलुप्त हुन लागेका औषधिजन्य बोटबिरूवाको संरक्षण गर्नका लागि डाबर नेपालले चालेको कदमका विषयमा पनि प्रतियोगीहरूले ग्रिनहाउस सुविधाबाट जानकारी दिए । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रमुख अनुप सक्सेनाले प्रतियोगीहरूले संरक्षणका विषयमा साथै नेपालले समाजका लागि पु‍र्याएकाे योगदान बारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.