पोखरामा टाटाको एनआरजी सार्वजनिक

  २०७५ माघ ९ गते १६:३९     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नयाँ उत्पादन एनआरजी पोखरामा सार्वजनिक भएको छ । टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा एनआरजी दिप मोटर्समार्फत पोखरामा सार्वजनिक गरेको हो ।

२९ लाख ५५ हजार मूल्यमा उपलव्ध उक्त टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको छ । जसलाई नेपालको योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी)को रूपमा राखिएको छ ।

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलव्ध हुनेछ । तीनवटा आकर्षक रंगमा उपलव्ध टाटाको मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ ।

टाटा एनआरजी सार्वजनिक संगै २ वटा गाडी बिक्रि र ४ वटा गाडि बुकिङ भएको छ।  सिप्रदी ट्रेडिङ, प्यासेन्जर भेइकल्सका प्रमुख सावंतजंग शिजापतीले भने– हाम्रो ब्रान्ड प्रतिज्ञा, आकांक्षाहरू जोड्दै (कनेक्टिङ एस्पिरेसन्स) सँग मिल्ने गरी, हामीले एसयूभीजस्तो सवारी साधन बजारमा ल्याउने बढ्दो ट्रेन्डसँग अगाडि बढ्न चाहिरहेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.