त्रिभुवन विमानस्थललाई आन्तरिक मात्रै बनाऔंः पूर्वप्रधानमन्त्री माधव नेपाल

  २०७५ माघ ९ गते १३:५४     विकासन्युज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरित मात्रै बनाउने सुझाव सहितको प्रतिवेदन प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमितिले बुधबार प्रतिवेदन प्रस्तुत गर्दै त्रिभुवन विमानस्थललाई आन्तरिक मात्रै बनाउन र निजगढलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्ने सुझाव दिएको छ ।

एकघण्टा भित्रको दूरीमा २ वटा अन्तर्राष्ट्रिय बिमानस्थल आवश्यक छैन ।

उपसमितिका संयोजक नेपालले भने–काठमाडौँको विमानस्थललाई आन्तरिक मात्र बनाऔँ र निजगढलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्छ । नेपालका विमानस्थलहरुको अवस्थाबारे अध्ययन गर्नका लागि गठित उपसमितिले प्रतिवेदन तयार गरी अन्तराष्ट्रिय सम्बन्ध समितिमा पेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.