साधना लघुवित्तले सदस्य कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी

  २०७५ माघ ८ गते ११:५४     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा कारोबार तथा बीमादाबी रकम भुक्तानी गर्दै आएको छ । शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा कारोबार गरेका जुनामाया सर्कीनीको निधन पछि ३३,८०७ कर्जा मिनाहा वापत रकम भुक्तानी गरेको छ ।

त्यस्तै नेपाल लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मृतकका श्रीमान सुसुरके दमाईलाई बीमादाबी रकम वापत १ लाख ५ हजार रकम भुक्तानी गरिएको वित्तिय संस्थाका घ्याम्पेशाल शाखा प्रमुख पदम दहालले जानकारी दिएका थिए ।

सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी गराउँदै सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.