घर बास नभएका डा. केसी समाजवादी हुन की महलमा बस्नेहरु ?

  २०७५ माघ ८ गते ८:५७     विकासन्युज

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । नेपालमा हरिकंगाल न घर, न बासको ठेगाना, न गाडी न मोबाईल भएका डा गोबिन्द केसी कम्युनिष्ट हुन् कि अलिशान बंगला, गाडी, तलब, भत्ता, तेल लिने समाजवादी हुन की महलमा बस्ने कम्युनिष्टहरु ? कम्युनिष्टहरुले नै पीएको तलब पनि आफैं लिन, करोडौ औषधी खर्च हत्याउने, आफ्ना छोराछोरीलाई राजदूताबासको छात्रवृत्तिमा पढाउन बिदेशीको तलुवा चाट्ने, महिनै पिच्छे बिदेश धाउने, बिदेश भ्रमण गरेर आएको धनलाई कालो धन सेतो बनाउने धूनका कथित समाजबादी/कम्युनिष्ट नेताहरू कसरी कम्युनिष्ट हुन सक्छन् ?

३५ वर्ष जागिर खाएर , सुप्रशिद्ध हाडजोर्नी बिज्ञ, डाक्टर उत्पादन गर्ने प्राध्यापक जस्तो बिशिष्ट श्रेणीमा काम गरेर पनि खुट्टामा चप्पलै लगाएर हिड्ने कम्युनिष्ट कि शुटटाई कोट र चम्किलो जुत्ता नभई नहिड्ने, टल्कने चिल्लो करोडौंको गाडीमा हात हल्लाउदै हिड्ने सोसलिष्ट।कम्युनिष्ट हुन् कि चप्पल लगाएर राजनीति सुरूगरी ५ वर्षमैं धनाढ्य ब्यापारीलाई माथ गर्ने महल बनाई राज गर्ने नेताहरू कम्युनिष्ट/सोसलिष्ट हुन् ?

डा. केसीसंग नेपालका तोरि लाउरे नेताहरूको त के, अरू डाक्टरहरूको समेत पनि तुलना हुन सक्दैन । ३ करोड नेपाली डा. केसी जस्ता व्यक्तित्व र भविष्यका ईतिहासमा श्रद्धाले नाम जप्न मिल्ने महान व्यक्तिको अगाडी साष्टांग गरे पनि कमै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.