स्ट्याण्डर्ड चार्टर्डको सिइओमा दस्तिदार नियुक्त

  २०७५ माघ ७ गते १३:२४     विकासन्युज


काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड(एससीबी नेपाल) मा नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् ।

बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो ।

जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.