अब बैंकका डेपुटी सीईओलाई पनि कुलिङ पिरियड

  २०७५ माघ ६ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका डेपुटी सीईओमाथि पनि कुलिङ पिरियडको प्रावधान राखेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन इ.प्रा. निर्देशन नं ६ को बुँदा नम्बर २० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको जनाएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतलाई मात्र त्यस्तो व्यवस्था थियो ।

त्यस्तै एउटा कार्यकालमा सञ्चालक छाडेका जोकोहीले पनि सोही कार्यकालमा सञ्चालक हुन नपाउने तथा छ महिनासम्म अर्को कम्पनीको सञ्चालक हुन नपाउने व्यवस्था संशोधन गर्दै पहिलो व्यवस्था मात्रै कायम गरेको छ । त्यस्तै, प्रमुख कार्यकारी छाडेको छ महिनासम्म सोही कम्पनीको सञ्चालक बन्न समेत नपाउने व्यवस्था गरिएको छ ।

यद्यपि समस्याग्रस्त संस्थाको हकमा भने समस्याग्रस्तबाट मुक्त भएको २ बर्षसम्म सो नियम लागु नहुने समेत राष्ट्र बैंकले स्पष्ठ पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.