धनगढीमा टाटाको नयाँ उत्पादन एनआरजी सार्वजनिक

  २०७५ माघ ६ गते १७:४४     विकासन्युज


काठमाडौँ । टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकलमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ । रावत कन्सर्न प्रालि मार्फत सो नयाँ उत्पादन सार्वजनिक गरिएको हो ।

ग्राहकहरुको बढ्दो आकांक्षालाई ध्यान दिंदै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरु गरेको हो । जसलाई नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल(सियुभी) को रुपमा राखिएको छ ।

१.२ लिटरको रिभोट्रोन इञ्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिशनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । मालावार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रुप रेल पनि हुने जनाइएको छ ।

आइतबारदेखि नै बिक्री शुरु गरिएको टाटा एनआरजी धनगढीको शोरुममा पेट्रोल संस्करण २९.५५ लाखको शुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीले द्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.