नेपालको सिटिजन्स र भारतको एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

  २०७५ माघ ६ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपालको सिटिजन्स बैंक र भारतको एक्सिस बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम  एक्सिस बैंक लिमिटेड मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभरका ८१ वटा शाखाहरुबाट प्राप्त गर्न सक्ने भएका छन् ।

सिटिजन्स बैंकसँग यस अघि कतारको दोहा बैंक, यू.के कोक्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसंग सम्झौता गरि विप्रे्रषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणाली मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ ।


यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइएमई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट,सिजिमनिर मुक्तिनाथ रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.