६ हजारले नायव सुब्बा कुमारबहादुर राजभण्डारीको जागिर चट्

  २०७५ माघ ६ गते १७:१३     विकासन्युज

काठमाडौं । ६ हजार घुसलिने नायब सुब्बा कुमार राजभण्डारी अख्तियार फन्दामा परेका छन् । मालपोत कार्यालय, ललितपुरमा उनलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

आयोगले राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यलाई पक्राउ गरेको हो । उनीहरुले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिएको आयोगले दाबी गरेको छ । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.