‘विदेशी कम्पनीहरु सामसङ र एप्पलसँगै पछि लागेर नेपाल आउँछन्’

  २०७५ माघ ४ गते १९:२५     विकासन्युज

काठमाडौं । ‘नेपालमा लगानी भित्र्याउन अरु कम्पनीलाई आग्रह गर्नुभन्दा समसङ, एप्पल जस्ता ठूला तथा अन्तराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्छ ।’ यो भनाई काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको अर्थतन्त्र तथा परराष्ट्र मामिलाका दिग्गज व्यक्तित्वहरुको हो । त्यसका लागि डावेस् सम्मेलनमा प्रधानन्त्रीको भूमिका महत्वपूर्ण हुने समेत उनीहरुले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबारदेखि ७ दिने स्वीजरल्यान्ड भ्रमणमा जाँदैछन् । स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’मा हुने नेपालले देशमा लगानी भित्र्याउने सम्बन्धमा ठूलो उपलब्ध हासिल गर्नसक्ने भन्दै विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् ।

सहभागीहरुले लगानीमैत्री वातावरणमा ठूलो सुधार गरे पनि नेपालमा लगानीको राम्रो वातावरण नै नभएको भनेर आशंका नमेटिएको अवस्थामा यस्तो आशंका निवारण गर्न त्यस्ता अन्तर्राष्ट्रिय संस्थाहरुलाई नेपाल भित्र्याउन पहल गर्नुपर्ने आवाज उठेको हो । त्यस्तो कम्पनीको आगमनले त्यस्ता आशंकाहरुलाई एकैचोटी निवारण गरिदिने तर्क उनीहरुको थियो । शुक्रबार आयोजित उक्त कार्यक्रममा परराष्ट्रविद् एवं प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, पूर्व राजदूत शम्भुराम सिम्खडा लगायतले आ–आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीको स्वीजरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरे । उनले नेपालमा अहिले राजनीतिक स्थायित्व कायम भएको भन्दै अब आर्थिक विकास र समृद्धिलाई बढावा दिनेगरी धारणा राख्ने उनले बताए । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पु¥याउनेछ,”–उनले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलहरु स्टा«टेजी आउटलुक अन साउथ एशिया, सेपिङ द फ्युचर अफ डेमोक्रेसी र जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा प्रमुख वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ । यसका अलावा प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र ईजरायलका प्रधानमन्त्रीसँगपनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले सुनाए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं काँग्रेस नेता प्रा.डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको भन्दै प्रधानमन्त्रीकोे पार्टीले जे जस्तो नीति लिएपनि, उहाँ घोर पुँजीवादीहरु आउने फोरममा सहभागी हुन जान लाग्नुभएको भन्दै यो खुसीको कुरा भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताउँदै डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए ।

स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भएपनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने धारणा राखे । विश्वका अरु मुलुकबाट पाठ सिकेर नेपालले विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो । उनले भने,‘नेपालको प्रधानमन्त्री पहिलोपटक सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ । यो खुशीको कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.