सुडानको मन्त्रीपरिषद्ले गर्यो तलब बृद्धि, ५ सयदेखि २५ सयसम्म बढ्यो

  २०७५ माघ ४ गते १५:१८     विकासन्युज

खार्टुम । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो ।

यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । दैनिकी धान्नका लागि यही जनवरी देखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका थिए । गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो ।

पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ । आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.