उन्नतिको साधारण सभा माघ २६ गते, राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव

  २०७५ माघ ४ गते १३:२०     विकासन्युज


काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । वित्तीय संस्था सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

साधारण सभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७४/०७५ को प्रतिवदेन पारित गरिने छ । त्यसैगरी लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरिन पारित गरिने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तसम्मको चुक्ता पूँजीको २.१३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गरिनेछ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस शेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने विशेष प्रस्तावका रुपमा साधारण सभामा प्रस्तुत गरिने छ ।

बोनस शेयर र हकप्रद पश्चात कायम चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजारको ५ः१ अनुपातमा अर्थात २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ । वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पनि पेश हुने कम्पनीका प्रमुख कार्यकारी अधिृकत तथा कम्पनी सचिव प्रेमबहादुर पाठकले जनाएका छन् । साथै वार्षिक साधारण सभा प्रयोजनका लागि माघ १६ गते १ दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.