सांग्रिलामा नयाँ सञ्चालक समिति, अध्यक्षमा प्रसाईँ चयन

  २०७५ माघ ४ गते १२:३८     विकासन्युज


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना निर्विरोध चयन गरेको थियो ।

नवनिर्वाचित सञ्चालकहरुको बैठकले अध्यक्षमा अच्युतप्रसाद प्रसाईँलाई चयन गरेको छ । साथै सदस्यहरुमा संस्थापक समूहबाट शान्तराज बतास, शुसीलकाजी बाँनिया, सर्वसाधारण समूहबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रविना शेरचन चयन भएको कम्पनी सचिव तेजबहादुर ठकुल्लाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.