लक्ष्मी बैंकको वार्षिक साधारण सभा माघ २८ गते, ८.५० % बोनस शेयरको प्रस्ताव पारित गरिने

  २०७५ माघ ४ गते १२:०८     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

साधारण सभाामा सञ्चालक समितिको प्रतिवेदन छलफल सहित पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा आव २०७४/०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गर्ने कार्यसूचि रहेको छ । विशेष प्रस्तावका रुपमा बैंकको हालको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले ६९ करोड ८८ लाख ४१ हजार ६ सय ९१ बराबरको बोनश शेयर वितरणको प्रस्ताव छलफल सहित पारित गनिरे छ ।

साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.४५ प्रतिशतका दरले ३ करोड ६७ लाख ८१ हजार १ सय ४२ बराबरको नगद लाभांश(बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने जनाइएको छ । बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पनि प्रस्तुत गरिंदैछ ।

१८ औं वार्षिक साधारण सभा, बोनस शेयर तथा नगद लाभांश प्रयोजनका लागि बैंकको शेयर दाखिला खारेजको काम माघ १४ गते बन्द रहने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.