७५३ स्थानीय तहमा खुल्यो अधिकृत र सुब्बाको जागिर 

  २०७५ माघ ४ गते ८:१२     विकासन्युज

काठमाडौं । सबै स्थानीय तहहरुमा जागिर खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहरुमा रोजगार संयोजक मागेको हो । मन्त्रालयले शाखा अधिकृत र नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो ।

मन्त्रालयले ७०५ जना अधिकृत र ४८ जना नायब सुब्बाका लागि आवेदन मागेको हो । उनीहरुको कार्यकाल एक बर्षको हुनेछ । २१ बर्ष पुरा भएर ४५ बर्ष नकटेकाहरुले आवेदन दिन सक्नेछन् । नेपाली र अंग्रेजी टाईप, इमेल इन्टरनेट सञ्चालन र सूचना प्रणाली व्यवस्थापन(एमआईएस)को ज्ञान हुनुपर्नेछ ।

सरकारले एक सय दिन रोजगारी दिने योजना अनुसार अघि सारेको कार्यक्रम कार्यान्वयनका लागि सबे स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.