सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच सहकार्य, भीआइपी कार्ड होल्डरको उपचारमा विषेश छुट

  २०७५ माघ ३ गते २०:५७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुबिधामा छुट पाउने छन् ।

उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु’ अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.