एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन, १० प्रतिशत ६/६ महिनामा

  २०७५ माघ ३ गते २०:२४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले माघ ३ गते बिहीवारदेखि ‘एन आई सी एशिया डिबेन्चर २०८५/८६’ बिक्रीको लागि सार्वजानिक आव्हवन गरेको छ ।

१० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ ।

जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधि मार्फत निष्कासन गरिनेछ ।

बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि माग १३ देखि सर्वसाधारणको लागि बिक्री खुला भई छिटोमा माघ १६ तथा ढिलोमा फागुन १३ सम्म विक्री खुल्ला रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.