चौधरी र एनई ग्रुपको ‘भिभान्ता काठमाडौं’ होटल संचालन, नयाँ मानक बनाउने दाबी

  २०७५ माघ ३ गते १७:२२     विकासन्युज

काठमाडौँ । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ । जसलाई विश्वविख्यातताज ब्रान्डका रूपमा चिनिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापनगर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘मेघौली सेलाई’लाई ‘एल–अफिसियल’म्यागेजिनले संसारका सुन्दर होटल/रेस्टुराँको सूचीमा राखेको छ ।

“करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,” सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।”

सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । छोटो र लामो बसाईँका लागि यो होटेल उत्कृष्ट रोजाइ विश्वास लिइएको छ ।

“यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य रुचाउने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ ।” एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइने छन् । पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।”

‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङ पुल र स्पाको सुविधापनि उपलब्ध गराउने छ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्ने बताइएको छ ।

रविभक्तश्रेष्ठले नेतृत्वगरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुखप्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्रीउत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ ।

सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.