शुक्रबार ७५३ जना अधिकृत र नासु खुल्दै, समावेशी कोटा हटाइयो यसरी भर्नुस् अनलाइन फारम

  २०७५ माघ ३ गते १५:४७     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्न करारमा कर्मचारी भर्ना गर्ने भएको छ । ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो ।

सरकारले शुक्रबार देशभर अनलाइन फारम खुलाउने भएको हो । प्रत्येक स्थानिय तहमा एक जना रोजगार संयोजक रहनेगरी विज्ञापन आव्हान गर्न लागिएको हो ।

कर्मचारी छनोट वैज्ञानिक पद्धतिबाट गरिने भएको छ । जसमा ७० नम्बर सिधै फारम भरेको आधारमा प्रतिस्पर्धीले प्राप्त गर्नेछ भने ३० नम्बर प्रयोगात्मक परिक्षाबाट प्रदान गरिनेछ ।

१० हजार भन्दा कम जनसंख्या रहेको स्थानिय तहमा नायब सुब्बा नियुक्ति गरिनेछ भने १० हजार भन्दा बढी जनसंख्या भएको तहमा शाखा अधिकृत राखिनेछ । मन्त्रालयको अनुसार यसरी नियुक्ति भएका कर्मचारीहरुको सेवा सुविधा हाल करार सेवाका कर्मचारीले पाइरहेका अनुसार हुनेछ ।

मन्त्रालयले आवेदन भरेका मध्ये सुरुमा २३ सय जनाको नाम निकाल्नेछ । यसमध्ये ७५३ जनाको नाम निकालिने छ । यदि थप कर्मचारी आवश्यक परेको खण्डमा वैकल्पिक उम्मेदवारबाट छनोट गरिनेछ । यस परिक्षामा समावेशी कोटालाई भने हटाईएको छ ।

कर्मचारीले प्रर्दशन गरेको काम अनुसार म्याद थप गर्ने नगर्ने निर्णय सरकारले गर्नेछ । चालू आर्थिक वर्षको लागि प्रधानमन्त्री रोजगार कोषमा ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।

यसरी भर्नुस् अनलाइन फारम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.