टुटल र पठाओलाई मोटरसाइकलमा यात्रु ओसार्न बन्देज लगाउँदैनौ : प्रधानमन्त्री

  २०७५ माघ ३ गते १५:५३     विकासन्युज

काठमाडौं। ‘राइड सेयरिङ’ टुटल र पठाओलाई मोटरसाइकलमा यात्रु ओसार्न बन्देज नलगाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

बुधबार साँझ प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले यात्रु बोक्ने मोटरसाइकलमाथि कुनै छलफलबिना अचानक कारबाही भएको र अब यस्तो नहुने बताएका छन्।

यसअघि मंगलबार ट्राफिक प्रहरीले निजी सवारीमा दर्ता भएका मोटरसाइकलले यात्रु ओसारेको भन्दै चार मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो।

राइड सेयरिङलाई कानुनी दायरामा ल्याउनुको साटो निषेध गरेको भन्दै व्यापक विरोध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.