लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेशबीच दुई पक्षीय सम्झौता

  २०७५ माघ ३ गते १५:२६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच दुई पक्षीय सम्झौता भएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधी बीच सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

उक्त सम्झौता पश्चात् बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंक हाल ४६ जिल्लाहरुमा रहेको छ । देशभरि ९६ शाखाहरु, ३ हस्पितल काउन्टर, १०८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखा सहित बैैैंकिङ्ग एजेन्ट मार्फत देशभर बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.