सिद्धार्थ इन्स्योरेन्सले थप्यो ३ नयाँ बीमा सेवा, पूर्व नेपाल सुन्दरी सुब्बा सद्भावना दूत नियुक्त

  २०७५ माघ ३ गते १४:१९     विकासन्युज


काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३ नयाँ बीमा सेवा थप गरेको छ । आज काठमाडौँमा नयाँ बीमालेख सार्वजनिक एवम् पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्तरुपमा बीमा सेवाको शुभारम्भ गरेका हुन् ।

नयाँ थप गरिएको बीमा सेवामा सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको बीमालेख हो ।
त्यसैगरी सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान्, श्रीमति तथा १८ वर्षसम्मका २ सन्तान एकै बीमालेखमा समावेश गरिएको पत्रकार सम्मेलनमा बताइयो । अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले ल्याइएको छ ।

पत्रकार सम्मेलनमा सिद्धार्थ इन्स्योरेन्सले आफ्नो सद्भावना दूतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको जानकारी गराइएको थियो । साथै पानी जहाजको बीमा गर्ने पहिलो इन्स्योरेन्स सिद्धार्थ नै भएको र अहिलेसम्म ४ वटा जेट बोटको बीमा भएको जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.