समृद्ध छैन चीन, हेनान प्रान्तमा मात्र १०लाख भन्दा बढी गरीबीकाे रेखामुनी

  २०७५ माघ ३ गते १२:४४     विकासन्युज

काठमाडौं । चीनकाे हेनान प्रान्तमा १०लाख भन्दा बढी गरीबीकाे रेखामुनी रहेका छन् ।

मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ ।

सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २.५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १.२१ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको बताइएको हो ।

हेनान प्रान्तको गरीबी न्युनिकरण र विकाश कार्यालयका प्रमुखका अनुसार हेनान प्रान्तमा स्वास्थ्य सेवा, शिक्षा लगायतका सार्वजनिक सेवामा बृद्धि गरिने प्रतिवद्धता समेत गरिएको थियो ।

सन् २०१८ को अन्त्यसम्ममा अझै पनि १० लाख व्यक्ति गरीबीको रेखा मुनि रहेका छन् । सन् २०२० सम्म गरीबीको रेखामुनिका सवै व्यक्ति यस स्तरबाट उठाउने चीनको उद्देश्य रहेको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.