अरुण काबेली पावरको सञ्चालक समिति गठन

  २०७५ माघ ३ गते ११:५९     विकासन्युज

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडमा सञ्चालक समिति परिवर्तन भएको भएको छ । पुस ३० गते सम्पन्न सातौं र आठौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति गठन गरिएको हो ।

नयाँ सञ्चालक समितिमा संस्थापक समूहबाट गुरुप्रसाद न्यौपाने, जीवनराम शाक्य, बच्छराज तातेड र भेजप्रसाद तिमल्सिना चयन भएका छन् ।

त्यसैगरी साधारण समूहबाट मिलन खड्का र नोलकुमारी आचार्य तथा स्वतन्त्र सञ्चालकमा इन्द्रमणि धिताल चयन भएको कम्पनी सचिव सिर्जना खड्काले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.