जापान समृद्ध कसरी भयो ? नेपालले पनि सिक्ने कि !

  २०७५ माघ ३ गते ११:२१     संघर्ष बुढाथोकी

दोस्रो बिश्वयुद्धमा युद्ध छेडेको थियो जापानले । जर्मनको पतन पश्चात एक्लै ४४ राष्ट्रहरुसंग भिडने दृष्साहस गरेको थियो, जापानले । दोस्रो बिश्वयुद्धको नजिता उसको पक्षमा नआएतापनि जापानले हारलाई बहादुरीका साथ स्वीकार गर्यो ।

युद्धमा पराजय पश्चात जापानमा सैन्यशासन लागू भयो । बिजयी राष्ट्रका तर्फवाट अमेरिकाका जनरल डगलस मैक आर्थरलाई जापानको रखबरी सुम्पियो ।

मेहनती र स्वाभिमानी जापानीहरुले चुनौतिलाई अबसरको रुपमा उपयोग गरे । शासन ब्यवस्थालाई नयाँ शिरावाट डोर्याइयो । ३ मे, १९४७ मा नयाँ संबिधान जारी मात्र भएन, राष्ट्रिय उत्पादन अभूतपूर्ब बृद्धि भयो । राष्ट्रिय उत्पादन सन् १९४६-१९५३ को अबधिमा वार्षिक १९ प्रतिशतका दरले बृद्धि भयो भने यो बृद्धि सन् १९५३-१९६२ को अबधिमा बार्षिक ९.५ प्रतिशत रह्यो ।

प्रतिब्यक्ति आय सन् १९५३ मा १९३ अमेरिकी डलर रहेकोमा १९६४ मा ५८० डलर पुग्यो । यसो त जापानले पछिल्लो ७३ बर्षमा चमत्कारिक तरक्की गरेको छ ।

राजनीतिक
जापानको शासन ब्यवस्था मुलतः बेलायती संसदीय ब्यवस्थाबाट प्रभाबित छ । बेलायत जस्तै संबैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र वाहल छ । त्यो त जापानको राजतन्त्र बिश्व कै पुरानो राजतन्त्र मानिन्छ र जापानमा ६६० देखि राजतन्त्र रहँदै आएको छ । राजतन्त्र बंशवादमा आधारित छ ।

जापानीहरु राजसंस्थालाई सम्मानका नजरले मात्र हेर्दैनन्, राष्ट्रिय एकताका प्रतीकपनि ठान्दछन् । कूटनीतिक तथा औपचारिक सभा समाहरोमा सहभागिता जनाउनु, प्रधानमन्त्री र प्रधानन्यायाधीशको नियुक्ती गर्नु जस्ता आलांकारिक भूमिकामा राजतन्त्र सीमित छ । प्रत्यक्ष रुपमा शासन ब्यवस्थामा हाँक्ने वा कानून बनाउने अधिकार प्राप्त छैन ।

जापानको ब्यवस्थापिका बेलायतको जस्तै दुई सदनात्मक रहेको छ । जहाँ बेलायतको हाउस अफ लर्ड र हाउस अफ कमन्स जस्तै हाउस अफ काउन्सिल र हाउस अफ रिप्रेजेन्टिभको प्राबधान छ । जापानी संसद अर्थात डायटमा हाउस अप काउन्सिलमा २४२ जना सदस्य र हाउस अफ रिप्रेन्जेटिबमा ४७५ जना सदस्यको प्रावधान छ ।

बेलायत जस्तै तल्लो सदन माथिल्लो सदन भन्दा शक्तिशाली रहेको छ । निर्वाचनमा सर्बाधिक मत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्रीको रुपमा नियुक्त हुन्छन । प्रधानमन्त्रीमा कार्यकारी अधिकार हुनेहुदा उनी निकै शक्तिसाली हुन्छन । हाल लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जोआबे जापानको ५७ औं प्रधानमन्त्रीको रुपमा वाहल छन् । महत्वपूर्ण कुरा चै जापान राजनीतिक स्थायित्व कायम रहेको मुलुक हो, जहाँ नेपालमा जस्तो पटक पटक प्रधानमन्त्रीको पद चलखेल हुँदैन । अक्सर सरकार पुरापुर कार्यकाल वाँच्दछन । सन् २०१२ मा प्रधानमन्त्रीको वागडोर सम्हालेका सिन्जोआबे सन् २०१७ अक्टुबरमा पुनः दोस्रो पटक नियुक्त हुनु ताजा सबुत हो ।

सामाजिक
जापानीहरु स्वास्थ्यलाई कहिल्यै हेलचेक्राई गर्दैनन् । नियमित रुपमा स्वास्थ्यबर्धक खाना खान्छन् । नियमित स्वास्थ्य जाँच गर्दछन् । बिरामी भएमा रोग नसरोस भन्नाका लागि माक्स लगाउनु अनिवार्य ठान्दछन् । सरसफाईमा ध्यान दिन्छन् । आरारबिहार गर्दछन् । त्यसै कारण जापानीहरु औषत ८३.७ बर्ष वाँच्दछन् । अहिले पनि करिब एक सय बर्ष पुगेका नागरिक ५० हजार अधिक छन् । आईक्यु क्षमतापनि त्यति कै अब्बल छ । भारतीयको औषत आईक्यु क्षमता ८२ हुँदा जापानीजको १०५ रहेको छ । औषत आयु र औषत आईक्यु अधिक हुनुको मूल कारण खानपिन, शारिरीक स्वास्थ्य, खेलकुद, आहारबिहार नै हो ।

नेपाल वा भारतमा समयलाई कम महत्व दिईन्छ । खाली समय घुमघाम, गफगाफ मै बिताइन्छ । अझ कुनै सभा समारोहको सुरुवात, नेताको आगमनमा बिलम्ब नभएको पाउनु दुर्लभ हुन्छ । तर, जापानीहरु समयलाई पैसासंग तुलना गर्दछन् । समय रत्तिभर खेर फाल्दैनन् । यहाँ सम्म कि जापानीहरु मोबाईल फोन सहित स्नान गर्दछन् ।

नुहाउँदाको समय समेत उपयोग गर्नुपर्छ भन्ने मान्यताका कारण जापामा ९० प्रतिशत मोबाईल वाटर प्रुफ रहेको छ । नेपाल भारतमा सार्बजननिक सवारी ढिला छुटुन वा ढिला पुग्नु आम कुरा मानिन्छ । ढिला गरे सवारीधनीले कुनै जिम्मेवारी बहन गर्नु पर्दैन । तर, जापानमा पब्लिक यातायातलाई २० सेकेन्ड भन्दा बढी ढिला गर्ने छुट छैन । ५ देखि १० मिनेट ढिला गरेमा लिखित जानकारी दिने मात्र होईन यात्रु समक्ष आई यातायातका कर्मचारीले माफी माग्नुपर्छ । स्मरण रहोस्, जापानमा ८० प्रतिशत मानिस पब्लिक यातायातमा सफर गर्दछन् ।

जापानीहरु हरेक दिनचर्या उपलब्धीपूर्ण चाहन्छन् । अक्सर सख्खारै उठदछन् । ब्यायाम, खेलकुद वा योगा गर्दछन्, ततपश्चात् चिया खान्छन, समाचार पढछन, टोस्ट खान्छन् र काममा जुट्दछन् । दिउँसो लन्चको रुपमा सिफुड, अचार, उसुनेको तरकारी, सूचि, टेम्पुरा, नुडल्स, टेरिका लगायतका जापानी परिकार खान्छन् । राति १० देखि ११ बजेसम्म रेष्टुरेन्टमा रम्न मन पराउँछन । खानपान पश्चात दन्त मन्जन गर्न भुल्दैनन् ।

शैक्षिक
गुणस्तरीय शिक्षा, प्रगति, तरक्की र उन्नतिको कसी हो । उक्त कुरा जापानीहरुले राम्रोसंग बुझेका छन् । गुणस्तरीय शैक्षिक प्रणालीलाई जापानीहरु तरक्कीको चाबी ठान्दछन् पनि । शैक्षिक प्रणालीलाई निकै गम्भिरतापूर्बक लिन्छन् । साना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्छ, नैतिकवान, चरित्रवान, मिहनति र सिर्जनशील बनाउनु पर्छ भन्ने कुरा जापानीहरुले राम्रो बुझेका छन् । त्यसैले जापानमा ९ बर्ष सम्मको उमेर समूहलाई बिद्यालय जानु अनिवार्य हुन्छ ।

भलै हाईस्कुलस्तरको शिक्षा भने बाध्यात्मक छैन । स्कुल तथा बिश्व बिद्यालयमा के कति बर्ष पढ्ने समयाबधि निर्धारण गरिएको हुन्छ । जहाँ इलेमिन्टरीस्तरको पढाई ६ बर्ष, जुनियर हाईस्कुलस्तको पढाई ३ बर्ष, हाईस्कुलस्तरको पढाई ३ बर्ष र युनिभर्सिटी स्तरको पढाई ४ बर्षको अबधि निर्धारण गरिएको छ । पठनपाठनको लागि पब्लिक र प्राईभेट दुबै खाले शैक्षिक संस्थालाई अनुमति प्राप्त छ ।

बालबालिकाको पढाईको सन्दर्भमा केही चाखलाग्दा कुराहरु छन् । जापानमा १० बर्षको उमेरसम्मको बालबालिकाले नेपाल वा भारतमा जस्तो कुनै परिक्षामा सामेल हुनु पर्दैन । १० बर्ष सम्मको उमेर ब्रेन टे«निङ, ब्रेन टिजर र व्रेन पजलिङ जस्ता सिकाईमा लगाई मस्तिष्कको बिकास गराईन्छ । नेपाल वा भारतमा बिद्यालय सफा गर्ने कार्यालय सहायक, पिएन वा कुचीकारको प्रबन्ध गरिएको हुन्छ । तर, जापानमा त्यसो गरिदैन, कक्षाकोठा, शौचालय, परिसरको सफाई शिक्षक र बिद्यार्थी मिलेर गर्दछन् । बरु कुनै बिद्यार्थी ५ दिनसम्म लगातार बिलम्ब गरी बिद्यालयमा आएमा सजायस्वरुप कक्षाकोठा सफा गर्न लगाइन्छ । बिद्यार्थीमा मिहनत गर्ने आदत बिकास हुन्छ भन्ने जापानीज मान्यता अनुसार यसो गराइन्छ ।

नेपाल वा भारतमा बिद्यार्थी लगभग छाडा जस्तै हुन्छन् । मोबाईल फोन बोक्न नबोक्ने, कपाल कस्तो बनाउने, केटाकेटी बीचको सम्बन्ध कस्तो रहने भन्ने कुरा नजरअन्दाज गरिएको पाईन्छ । तर, जापानी बिद्यार्थीहरुलाई यी कुराहरुमा कडा परहेज रहेको छ । कि, जापानी बिद्यालयमा अध्ययन गर्ने बिद्याथीलाई मोबाईल फोन बोक्न, कपाललाई स्टाईलिस बनाउन, छात्रालाई दाह्री पाल्न, महिलालाई नङ पालिस लगाउन, बिपरित लिंगीय रोमान्टिक सम्बन्ध कायम गर्न बिलकूलै छुट रहँदैन ।

बिद्यार्थी अनुशासित हुन्छन्, पढाईमा ध्यान केन्द्रित गर्दछन् र समय खेर फाल्दैनन् भन्ने मान्यता अनुसार यस्तो वारबन्दज गरिएको हो । त्यस्तै, शिक्षकले पनि निश्चित नीति नियम पालन गर्नुपर्छ । खासमा शिक्षक समय मै बिद्यालय आईपुग्नुपर्छ । प्रत्येक बिद्यार्थी तोकिएको सफा पोशाकमा बिद्यालय आउनुपर्छ । युनिफममा नआउने बिद्यार्थीलाई कक्षामा प्रबेश गर्न दिईदैन ।

उद्योग
जापानले उत्पादनमूलक क्षेत्रमा अब्बलता कायम गरेको छ । महंगो र भरपर्दो बस्तु उत्पादनमा बिश्वमा पृथक पहिचान बनाएको छ । उच्च मूल्यका र टिकाउपूर्ण सामान जापानीको व्रान्ड इमेज बनिसकेको छ । स्टिलजन्य उत्पादन, पानी जहाज, हजाईजहाज, अटोमोवाईल, इलेक्टोनिक्स, केमिकल, वापर इक्युप्मेन्ट, प्रशोधित खानामा जापानको बिशेष पडक रहेको छ ।

जापान टोसिवा, प्यानासोनिक, सोनी, एचटिसि, क्यानन, एलजी, सामसुङ, हिटाची, क्यासियो, होन्डा मृत्यबिसी, हुन्डाई, किया, होण्डा, निसान, टोयटा, कावासाकी, सुजुकी, माग्दा, मित्युबिसि, निसान, यामाहा, सिटिजन, फुजी, लगायतका बहुराष्ट्रिय कम्पनीहरुको कर्पाेरेट भूमि पनि हो । जहाँ कुनै कर्पाेरेट स्थापना भएपछि लामो समयसम्म जीबन्त रहन्छ । महत्वपूर्ण कुरा चै, बिश्वका २०० बर्ष पुराना ५५८६ कम्पनी मध्ये ४१४६ वटा कम्पनी जापानमा मात्र रहेका छन् । जबकी यस्ता कम्पनीको संख्या जर्मनीमा ८३७, नेदरल्यान्डमा २२, फान्समा १९६ वटा मात्र छन् । बिश्वका ठूला मोटर कम्पनी मध्ये ६ वटा जापान मै रहेको छ ।

जापानले प्रबिधिमा अबल्लता चुम्नुको मूल कारण खोजअनुसन्धान प्रतिको लगाब र लगानी पनि हो । उक्त कुरा खोज अनुसन्धानको क्षेत्रमा लगानी भएको धनराशी र मानब संसाधनवाट पनि पुष्टि हुन्छ । स्मरण रहोस् जापानको खोज अनुसन्धानको बजेट १३० अर्ब अमेरिकी डलर रहेको छ भने ६८ हजार बैज्ञानिकहरु सोध कार्यमा जुटिरहेका छन् ।

ब्यापार
त्यसो त जापानले १८५४ ताकावाट पश्चिमा मुलुकसंग ब्यापार सुरुवात गरेको पाइन्छ । अहिले जापानको ब्यापार लगभग बिश्वभर फैलिएको छ । एपेक, डब्लुटिओ, ओईसिडि, जि २०, जि ८ जपानका मुख्य ब्यापार साझेदारहरु हुन् । सन् २०१६ मा जापानले ६४४.९ अर्ब अमेरिकी डलरको बस्तु तथा सेवा निर्यात गरेको छ भने सोही सममयमा ६०६.९ अर्बको बस्तु तथा सेवा आयात गरको थियो । जहाँ ३८ अर्ब अमेरिकी डलर बराबर आयात भन्दा बढि निर्यात गरेको थियो ।

जसमा अमेरिककामा २०.२ प्रतिशत, चीनमा १७.७ प्रतिशत, दक्षिण कोरियामा ७.२ प्रतिशत निर्यात भएको थियो । जापानमा मूलतः उर्जा र इन्धनको अभाब रहेको हुँदा पेटोलियम पदार्थ, ग्याँस, कोईला आयात गर्दछ । आयात मध्ये २५.८ प्रतिश चीनवाट, १२.४ प्रतिशत ईयुवाट, ११ं४ प्रतिशत अमेरिकावाट र ५ प्रतिशत अष्ट्रेलीयावाट आयात गरेको छ ।

पर्यटन
जापान शहरै शहरको मुलुक हो । प्रत्येक शहरले पृथक मौलिक बिशेषताहरु बोकेका छन् । यी पृथक बिशेषतालाई जापानले पर्यटन प्रबद्र्धनको कडि बनाएको छ । जापानले पर्यटकीय सम्पदाहरुको ब्यवस्थित र ब्यवसायिक बिकास गरेको कारण सन् २०१६ मा २ करोढ ४३ लाख पर्यटक भित्राउन सफल भएको थियो ।

स्मरण रहोस्, टोकियो आर्थिक तथा कुटनीतिक केन्द्रभूमिको रुपा–राजधानी शहरको रुपमा, क्योटो–परम्परागत संस्कृति बोकको शहरको रुपमा, ओशाका–औद्योगिक नगरी र अन्तर्राष्ट्रिय कम्पनीहरुको हबको रुपमा, योकोहामा– ट्राभल, सपिङ र बन्दरगाहा शहरको रुपमा, नारा–बिश्व सम्पदाको खजाना रुपमा, एमोरि– मनोरञ्जन तथा हनिमुन शहरको रुपमा, ओकीनवा खुला समुद्र र सब टर्पिकल मौसमी शहरका रुपमा, हनाजवा तालतलैया, बगैँचा र उद्यान शहरको रुपमा परिचित छन् । हेमेजी क्यास्टल(इतिहासिक दरबार), कुमामोटो क्यास्टल, क्योटो नारा, माउन्ट फुजी लगायत २१ वटा सम्पदाहरु युनिस्कोकोमा सूचिकृत छन् ।

जलबिद्युत
जापानमा कोईला, डिजल, पेट्रोल, प्राकृतिक ग्याँसको अभाब छ । जसको कारण बर्षेनी ठूलो मात्रामा कोईला, ग्याँस र पेट्रालियम पदार्थ आयात गर्दछ । त्यस्तै, उसको आबश्यकताको ३० प्रतिशत उर्जा न्युक्लियर पावर मार्पmत प्राप्त गरिरहेको छ । न्युक्लियर उर्जा उत्पादनको लागि जापानले ओकनवा, कासीवाजकी, फुकुसिमा न्युक्लियर पावर प्लान्ट स्थापना गरेको छ । उर्जा आपुर्तिको लागि जलबिद्युत क्षेत्रको पनि जापाले साहारा लिएको छ । साना, ठूला र मझौला जलबिद्युत आयोजनाहरु निर्माण गरेको छ । महत्वपूर्ण कुरा चै माईक्रो हाईड्राको उपादेयतालाई पनि जापानले नजर अन्दाज गरेको छैन ।

कूल ११९८ साना आयोजनवाट ३२२५ मेगावाट क्षमताको जलबिद्युत उत्पादन गर्नुले उक्त कुराको सबुत दिन्छ । जुन कूल हाईडो इलेक्ट्रिसिटीको ६.६ प्रतिशत हो । त्यस्तै, जापानमा ड्याम बनाई ठूला–ठूला जलबिद्युत आयोजनाहरु निर्माण गर्न भ्याएको छ । ११६० मेगावाट क्षमतेका ओकिही पावर प्लान्ट, १२०० मेगावाट क्षेमताको तमरा पावर प्लान्ट र १२८० मेगावाट क्षमताको साईन टेकेसेगवा त्यसैका ज्वलन्त उदाहरणहरु हुन् । जुन हामीले नेपालले अगाडि सारेको १२०० मेगावाट क्षमतको बुढीगण्डकी समतुल्य आयोजना हो ।

कृषि
३ लाख ७७ हजार ९३० बर्ग किलोमिटर क्षेत्रफल मध्ये जापानको कूल भूमि मध्ये ७३ प्रतिशत भूभाग चट्टानी, पहाड, जंगल र उपडखापड रहेको छ । जहाँ बस्न लायक जमिन २७ प्रतिशक मात्र रहेको छ । त्यसमाथि ५० हजार बर्ग किलोमिटर जमिन मात्र खेतीयोग्य रहेको छ । जुन कूल जमिनको ११.५६ प्रतिशत मात्र हो । मूलतः मध्य होंशु र ओशाकाको भूमि समथर तथा कृषि योग्य रहेको छ । स्मरण रहोस पोल्यान्ड तथा जर्मनको क्षेत्रफल जापान समान भएतापनि ३५ प्रतिशत जमिन कृषि योग्य रहेको छ ।

जापानमा कृषि क्षेत्रमा सुधार गर्न भूमि सुधार कार्यक्रम आगाडि बढाएको पाइन्छ । भूमि सुधार अन्र्तगत, जग्गा बिहिनलाई जग्गा उपलब्ध गराउने देखि लिएर बिजको तयारी, ब्याडको तयारी, रोपाई, सिचाई, खनजोत, मलको मात्रमा बढोत्तरी लगाएका सुधार गरेको पाइन्छ । सरकारले सहुलियत दरमा कृषि ऋण उलपब्ध गराउनुको साथै कृषिमा आधारित उद्योगलाई सुबिधा उपलब्ध गराएको पाइन्छ ।

बढी उत्पादन हुने बिउ प्रयोग र कृषि क्षेत्रमा अबलम्बन गरिएका सुधारका कारण सन् १९५२ मा ९५००० मेट्रिक टन चामल आयात गर्ने मुलुक सन् १९८८ मा धानमा आत्मनिर्भर भएको पाइन्छ । हाल जापानमा कृषि उत्पादन १ करोड ४० लाख टन रहेको छ भने आबश्यकता १ करोड ६ लाख टन रहेको छ । सरकारले माग र आपूर्तिको अन्तर हटाउन धान किनेर उपभोक्तालाई बिक्री गर्ने गरेको छ ।

कृषिको कुरा गर्दा एक गाऊँ एक उत्पादन जापान संग जोडिएर आउँछ । जापान एक गाउँ एक उत्पादन(ओभिओपि) अभियानको अभियन्ता मुलुक हो र ओईता एक गाउँ एक उत्पादन(ओपिओभि)को प्रणेता कहलिन्छ । स्थानीय बस्तु तथा सेवाको मौलिक प्रबद्र्धन, कृषि तथा घरेलु उद्योगको बिकासको आधारशीलाको रुपमा ओभिओपि अभियान सन् १९७९ ताका सुरुवात भएको थियो ।

ओइताका तत्कालीन गर्भनर मोरिहिको हिमात्सुको मानसपटलमा ओभिओपि आर्थिक बिकासको गतिलो कडी बन्न सक्छ बिश्वास थियो । सोही बिस्वास अनुरुप उनले केन्द्रीय सरकारको सहयोग बिना धान उत्पादन गर्न नसकिने जमिनमा ओभिओपि अभियानको जग बसाएका थिए । यस अभियान अन्तर्गत ओईताको पहाडी भेगमा जापानिज अमिलो आरुवाट अचार र जौबाट रक्सी उत्पादन गरी नयाँ गुण भएको बस्तु(भ्यालु एडेड) तयार गर्ने प्रयास भएको थियो ।

फलस्वरुप २००२ सम्ममा ओभिओपि अन्तर्गत ३ सय ३८ कृषि बस्तु, १ सय ४८ निर्माण सामाग्री, १ सय ३३ सांस्कृतिक क्रियाकलाप, १ सय ११ स्थानीय बिकास, ८० संरक्षणका क्रियाकलापहरु गरी कूल ८ सय १० बस्तु तथा सेवा सूचिकृत हुन पुगे । सन् २०१० मा ओभिओपि अन्र्तगत समेटिएका ३३८ बस्तुहरुको बिक्रीबाट जापानले १ अर्ब ७० करोड अमेरिकी डलर आर्जन गर्न सक्यो । यसरी “ओईता” एक गाउँ एक उत्पादन व्रान्ड प्रोभिनान्स बन्न पुगेको सुन्दर नजिर छ ।

जापान नेपाललाई सर्बाधिक सहयोग गर्ने मुलुक कहलिन्छ । जुन सहयोगको फेरिस्ता निकै लामो रहेको छ । जापानको तुलनामा नेपालमा उब्जाउ कृषि, जल, खनिज, जडिबुटी, जैबिक, पर्यटकीय खजनाहरु वास्तब मै अत्याधिक रहेको छ । नेपाल संघीयतामा प्रबेश गरिरहेको सन्दर्भमा अब यी स्रोतसाधनहरु प्रयोग गरी जापान जस्तै समृद्ध बन्ने सपना देख्न र त्यो सपना पूरा गर्न पछि पर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.