अख्तियार पुग्यो वाइड बडीको प्रतिवेदन, अब के होला ?

  २०७५ माघ ३ गते ८:५४     विकासन्युज

काठमाडौं । वाइड बडी जहाज खरिदमा भएको अनियमितता सम्बन्धी छानविन प्रतिवेदन दुरुपयोग अनुसन्धान अयोगमा पुगेको छ । र्सार्वजनिक लेखा समितिले गठन गरेको उप समितिले तयार पारेको प्रतिवेदनलाई समितिले आंशिक परिमार्जन सहित पास गरेको थियो । लेखा समितिले सोही प्रतिवेदनको पुर्ण पाठसहित कार्यान्वयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको हो ।

लेखा समितिले पुस २६ गते अख्तियारलाई प्रतिवेदन कार्यान्वयनका लागि सिफारिस गरेको हो । समितिको पत्र पुस २७ गते अख्तियारमा दर्ता भएको छ । लेखा समितिले गठन गरेको उप समितिले वाइड बडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैंयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

समितिले वर्तमान पर्यटन मन्त्री रविन्द्र अधिकारी, पुर्व पर्यटन मन्त्रीहरु जीवन बहादुर शाही, जितेन्द्र नारायण देवलाई नैतिकताका आधारमा कारवाही गर्नुपर्ने सिफारिस गरेको छ । त्यस्तै, पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल बर्खास्त गरि कारवाही गर्न भनिएको छ । त्यस्तै, पुर्व पर्यटन सचिव शंकर प्रसाद कोइरालालाई पनि कारवाही सिफासि गरिएको छ ।

लेखा समितिले उप समितिको प्रतिवेदन ग्रहण गरेकै दिन सरकारले छानविन आयोग गठन गरेको छ । आयोगले ४५ दिनभित्र वाइड बडी जहाज खरिद प्रकरण सम्बन्धमा अध्ययन गरि प्रतिवेदन तयार पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.