लखपति एक्सप्रेस योजनाको विजेता घोषित, मानबहादुर खत्रीले पाए १२ लाख

  २०७५ माघ २ गते १८:१३     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस” योजनाको विजेतामा मानबहादुर खत्री घोषित भएका छन् । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गतसिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२लाखको लक्कीड्र«मा परी मानबहादुर खत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्रटण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ९धुर्मुस० द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो ।

दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले रु २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६जना विजेताले रु १०हजार नगदर ३जनाले रु १लाख नगद प्राप्त गरिसकेका छन् ।

सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० र(को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १० हजार तीन जनालाई र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले  रु १ लाख अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १२ लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

यो अवधिभरसिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.