अल्फा बिटामा एजुकेसन फेयर हुँदै

  २०७५ माघ २ गते १७:४८     विकासन्युज

काठमाडौं । माघ ४ गतेदेखि अल्फा बिटाले अष्ट्रेलिया एजुकेसन फेयर गर्ने भएको छ ।

अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधि सहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिए ।
मेलामा अष्ट्रेलियाका २५ वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने भएको छ भने विद्यार्थीहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्ष लगाएतका विषयमा सूचना प्राप्त गर्ने छन् ।
सहभागि विद्यार्थीहरुले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस, पिटिइ, टोफल लगाएतका तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गर्ने भएको छ ।

मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा रहेको अल्फा बिटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.