नेपाल बङ्गलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवाको सम्झौता

  २०७५ माघ २ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड कमलादी काठमाण्डौ र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सक्ने भएको छ । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

नेपाल बंगलादेश बैंक यो वर्ष करीब १०० शाखा सञ्चालनमा ल्याउने रणनिति रहेको जानकारी प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंहले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.