अब सार्वजनिक निकायले नेपाली उत्पादन किन्नैपर्ने, महालेखाले दिदैंछ यस्तो सहुलियत

  २०७५ माघ २ गते १६:५१     विकासन्युज

काठमाडौं । सबै सार्वजनिक निकायले नेपालमा उत्पादित सामाग्री किन्नुपर्ने व्यवस्था गर्न राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको छ ।

राष्ट्रिय विकास समस्या समाधान बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने प्रस्ताव राखेका हुन् ।

यसरी खरिद गरिएको सामाग्रीमा महालेखाले लेखापरीक्षणमा सहुलियत दिने तयारी गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेको जानकारी दिए । खतिवडाले निजी क्षेत्रका विकास परियोजनाको पनि अनुगमन गर्न प्रस्ताव गरे ।

मुलुकमा दुई तिहाई लगानी गरेको निजी क्षेत्रलाई नजरअन्दाज गर्न नमिल्ने मन्त्री खतिवडाको भनाई रहेको थियो । निजी क्षेत्रलाई पनि विकासको काममासँगै लानु पर्नेमा खतिवडाले जोड दिए ।

यसैगरी, बैठकमा खानी क्षेत्रमा वन क्षेत्र परे त्यस्ता क्षेत्र खानी विभागलाई दिने र उपयोग सकिएपछि पुनः वन मन्त्रालयलाई दिनेपनि प्रस्ताव गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.